विप्लवको रगत चढाएर लोकतन्त्र बलियो बन्दैन : विश्वप्रकाश - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

विप्लवको रगत चढाएर लोकतन्त्र बलियो बन्दैन : विश्वप्रकाश



बुटवल– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हिंसाको राजनीति नगर्न सरकार र विप्लव नेतृत्वको नेकपालाई सुझाव दिएका छन्।

रुपन्देहीको तिलोत्तमामा नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनको अवसरमा बोल्दै उनले सरकार र विप्लवलाई हिंसाको राजनीति नगर्न सुझाव दिएका हुन्।

‘विप्लवहरुले बुझ्नुपर्छ प्रचण्डलाई मारेर जनगणतन्त्र आउँदैन, सिंहदरबारमा बस्ने केपी ओलीजीले पनि बुझ्नुपर्छ विप्लवलाई मारेर विप्लवको रगत चढाएर नेपालको लोकतान्त्रिक पद्धति पनि बलियो बन्दैन’, उनले भन,‘केपी ओलीजी शासकीय क्षमता देखाउनुस्, धैर्यता र समन्वयको खाँचो पनि देखियो।’

संविधान जारी हुँदा दीपावली गर्ने र विरोध गर्नेहरुलाई मिलाएर नै मुलुकको हित हुने पक्षमा ध्यान दिन ओली नेतृत्वको सरकारलाई उनले सुझाव दिए।