विश्वप्रकाशको प्रश्न : यो जनताको सरकार हो कि राष्ट्रपतिको ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विश्वप्रकाशको प्रश्न : यो जनताको सरकार हो कि राष्ट्रपतिको ?



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शर्माले आपत्ति जनाएका छन् ।

ट्विटरमा प्रधानमन्त्रीलाई म्यानसन गर्दै कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार  ?’

प्रवक्ता शर्माले राजतन्त्र रहँदा ‘श्री ५ को’ सरकार  हुँदा मेरो सरकार भन्थे तर अहिलेको संविधानले राष्ट्रपतिलाई सोही शैलीमा बोल्ने अधिकार नदिएको तर्क गरेका छन् ।

‘कुनै बेला `श्री ५ को´ सरकार थियो, राजाले `मेरो सरकार’´ भनेर सम्बोधन गर्थे । आज रास्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?’