यो हो विश्वकै खतरनाक र धनी आतंकवादी संगठन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यो हो विश्वकै खतरनाक र धनी आतंकवादी संगठन



अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।

छिटो पैसाको छलखेल हुने यस्तो संगठनका कार्यकर्तालाई तलब बाढ्न, टे«निङ क्याम्पको विकास गर्न, हातहतियार खरिद गर्न, लामो तथा छोटो दुरीका लागि ठुलै खर्चको आवश्यकता पर्छ । आतंकवादी संगठनहरु ऋण लिदैनन् तथा अदृश्य रुपमा आर्थिक कारोबार गर्छन । न त यिनीहरु कुनै स्टक मार्केटमा नै आवद्ध हुने गर्छन् ।

भुमिगत रुपमा अरबौको कारोबार हुने यस्ता संगठनहरुमा लगानी कसले गरिरहेको छ कसैलाई थाहा छैन । भुमिगत रुपमा कारोबार गर्ने यस्ता आतंकवादी संगठनहरुले ठुलो मात्रामा हतियारमा खर्च गर्ने गरेका छन् ।

विश्वमा केही यस्ता आतंकवादी संगठनहरु रहेका छन् जो आर्थिक रुपमा निकै बलिया र खतरनाक रहेका छन् ।

विश्वकै खतरनाक र धनी आतंकवादी संगठन

आइएस

सन् २००२ मा स्थापना भएको यो आतंकवादी संगठनकाृ वार्षिक कारोबार २ विलियन अमेरिकी डलर रहेको छ । यसको मुख्य आम्दानीको स्रोत भनेको ओइल टे«ड, चन्दा अशुली, अपहरण, बैंक लुट्ने जस्ता रहेका छन् ।

यो संगठनले इस्लामिक स्टेटको सरकार गठन गरी शासन गर्ने तथा इस्लामिक राष्ट्रहरुमा आफ्नो बर्चस्व कायम राख्ने योजनामा अगाडि बढि रहेको छ ।