बिगतमा महासचिवको कार्यभार सम्हालेका विष्णु खत्रीको यसपटक अध्यक्षमा उम्मेद्बारी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बिगतमा महासचिवको कार्यभार सम्हालेका विष्णु खत्रीको यसपटक अध्यक्षमा उम्मेद्बारी



समिर प्रकाश पाण्डे

नेपाली लोक संगीतका एक धरोहर ,गीत संगीत लाई नै जीवन सम्झियका साँगीतीक क्षेत्रकै लागी आफुलाइ समर्पीत गरेका । विगत २ दशक देखी गीत संगीतको क्षेत्रमा कृयाशील छन्  । आफ्नो जिवनको अधिंकास समय लोकगीत संगीत को श्रीबृद्धी का लागि समर्पीत गर्दै आइरहेका गायक एंव सर्जक हुन बिस्नु खत्री हालसम्म ७ दर्जन भन्दा बढी गीतहरूमा आफ्नो लय शव्द सिर्जना साथै स्वर दिइसकेका खत्रीका अधिकांश गीतहरूमा नेपाली लोक संस्कृती झल्कियोस र परम्पराको सम्मान होस भनेर यथासक्य कोशीष गरिरहने गरेको बताउछन ।

यस  अघि नै महासचिव जस्तो गरिमामय पदमा रहेर आफ्नो कार्य भार सम्हालिसकेका बिस्नु खत्री यहि असोज ८,९ र१० गते राजधानी काठमाडौमा हुन गहिरहेको रास्ट्रीय लोकतथा दोहोरी गीत प्रतिस्ठान नेपाल को छैटौं महाधिवेशन मा अध्यक्ष पदको लागि उम्मेद्बारी दियका छ्न ।

यसै विषय लाई लियर खत्री भन्छन् भन्छन् ” मैले मेरो खुवि ले भ्याएसम्म नेपाली लोक संस्कृतीको जगेर्नाको लागी काम गरें  र गरिरहेकै छु ,गर्ने छु सस्था सग आबद्ध भएपछि पनि मेरो उदेश्य सदा सर्बदा नेपाली मौलिक संस्कृति लोकदोहोरी बिधा को श्रीबृद्धी कै लागि आफुलाइ समर्पित गर्ने छु जसरी मलाई अत्याधिक मतका साथ बिगत मा महासचिव पदको लागि जिताउनुभएको थियो त्यसरीनै यो पटक अध्यक्ष पदमा जिताउनुहुनेछ भन्ने पुर्ण विश्वास का साथ अध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरेको छु ।” बिस्नु खत्री लाई हाम्रो तर्फबाट शुभकामना ।।