बालुवाटार काण्डमा विष्णु पौडेललाई उन्मुक्ति दिनुको रहस्य - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बालुवाटार काण्डमा विष्णु पौडेललाई उन्मुक्ति दिनुको रहस्य



काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलले उन्मुक्ति पाएका छन् ।

सत्तारुढ नेकपाका महासचिव समेत रहेका पूर्वअर्थमन्त्री पौडेलकै विषयले तातिएको यो काण्डबाट पौडेलले उन्मुक्ति पाएपछि कतिपयलाई भने आश्चर्य लागेको छ ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको टोलीले अनुसन्धान अघि बढाएदेखि नै उनको नाम यो प्रकरणमा मुछिएको थियो।

तर बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा विष्णु पौडेल र पौडेलका छोरा जग्गाधनी नवीन पौडेलको नाम नपरेपछि उनले यो काण्डमा उन्मुक्ति पाएको प्रष्ट भयो ।

आफूले सबै प्रक्रिया पुरा गरेर जग्गा किनेको बताउने उनले आफूले नवलपरासीको जग्गा बेचेर त्यहाँ किनेको दाबी गर्दै आएका थिए। पौडेलले छोरा नवीनको नाममा जग्गा पास गराएका थिए।

उनले उन्मुक्ति पाएको बिषयमा अख्तियारले प्रष्टीकरण दिएको छ । अख्तियारले भनेको छ, ‘ललिता निवास क्याम्पभित्र पर्ने सरकारी जग्गा आफ्नो नाममा कायम रहेका हालका जग्गाधनीहरुमध्येका कुमार रेग्मी र नवीन पौडेलउपर समेत जग्गा जफतको मागदाबी गर्नुपर्नेमा निजहरुले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान तथा आयोग समक्ष पेश गरेको निवेदनमा काठमाडौं बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र आफ्नो नाममा कायम रहेका जग्गाहरु नेपाल सरकारलाई छाडिदिन मञ्जुर गरेकाले जग्गा जफतको मागदावी लिनका लागि प्रतिवादी बनाउन आवश्यक नदेखिँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५५ बमोजिम हाल निज कुमार रेग्मी र नवी पौडेलको हकमा जग्गा जफतको मागदावी नलिने।’

अख्तियारको यो स्पष्टिकरणपनि कतिपयलाई चित्त भने बुझेको छैन । सबै प्रक्रिया पुराएर किनेको दाबी गर्दै जग्गा फिर्ता नगर्ने आड्डी कंसेका उनले एकाएक जग्गा फिर्ता गर्ने निर्णयमा पुग्नुले भने दालमा केहि कालो त पक्कै होला ।