प्रदेश राजधानी सरेर बुटवललाई केहि फरक पर्दैन- विष्णु पौडेल - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

प्रदेश राजधानी सरेर बुटवललाई केहि फरक पर्दैन- विष्णु पौडेल



नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलबाट प्रदेश राजधानी सरेको बिषयलाइ ठूलो मुद्दा नबनाउन आग्रह गरेका छन् ।

शुक्रबार बुटवलमा भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अधिवेशन तथा वार्षिक साधारण सभामा बोल्दै नेता पौडेलले उद्योगी व्यवसायीमा अब कसरी अघि बढ्ने भन्ने चिन्तन हुनु पर्ने बताए। ‘जे नहुनुथियो भयो, छोड्दिनुस, कति दिन पिरोलीने?, राजधानी सरेर आकाश खसेको छ? बुटवल भासिन्छ?

रुपन्देहीमा सञ्चालन भएका सबै आयोजनाहरुमा जनताको निगरानी महत्वपूर्ण भएको उनको ठहर छ। त्यस्तै उनले ती योजनाहरुको निर्माणमा भएका कमजोरी र ढिलासुस्तीमा खबरदारी गर्न आग्रह गरे।