नेकपा एमालेका विष्णु पाैडेललाई खुल्ला पत्र - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेकपा एमालेका विष्णु पाैडेललाई खुल्ला पत्र



अादरणीय विष्णु पाैडेल ज्यू !
गएकाे निर्वाचनमा एक हजार छुट्याएकाे थिएं । तर तपाईकाे पार्टी लिन अाएन । रुपन्देहीमा हामी ५ हजार पार्टी सदस्यले हजार हजार दिन्छाै । यसबाट ५० लाख उठ्छ । निर्वाचन प्रणालीमा अरु सुधार गराैं । सुधार भएमा यतिले रुपन्देहीकाे सबै निर्वाचन क्षेत्रमा छ्यालब्याल पुग्छ ।

निर्वाचन खर्च असाध्यै अपारदर्शी भयाे । धेरैले निर्वाचनमा उमेदवारले पैसा कमाउँछन् भनेर अाराेप अाउँछ । उद्याेगपति, व्यापारी र जग्गा दलालहरुले कराेडाै चन्दा दिएकाे हल्ला अाउँछ । याे पटक त मनाेज पुनसँग पनि जाेडिएकाे छ । उसबाट सहयाेग लिएकाे हल्ला चलाइँदैछ । निर्वाचनमा उद्याेगपति र व्यापारी त अाजित हुन्छन् नै । कैयाैले त अाफै दिन पनि अाउँछन् ।

याे सब अातङ्ककाे रुपमा अाउँदैछ । अनि जसले धेरै सहयाेग गर्छ तपाईहरु उसैलाई नजिक ठान्नुहुन्छ । याे मानवीय स्वभाव पनि हाे । त्यसैले अब यसलाई करेक्शन गराै । विदेश भ्रमण, नियुक्ति लगायतका सुविधा पाउनेहरुलाई त निर्वाचनमा चन्दा सहयाेग गरेकाे कारण भनेरै अालाेचना अाउँछ । धेरै व्यक्तिहरु दुखित हुन्छन् । अालाेचना गर्ने साहस पनि छैन । यसले नेताहरुलाई भित्रभित्रै अालाेचित बनाएकाे छ । यसकाे परिणाम पछि राम्राे अाउन्न ।

पार्टीमा धेरै मान्छेहरु स्वाङ्गी र ढाेगी छन् । खुलेर काेही बाेल्दैन । बाेली हाल्याे भने त्याे राजनैतिक दलालहरुबाट अालाेचनाकाे शिकारमा पर्छ । तपाईहरु सत्य कुरा सुन्न नै पाउनुहुन्छ । विष्णु पाैडेलले सुनेर धारणा बनाइहाल्दैनन् भन्ने गर्छन् तर अरुहरु साेझा छन् विचारा सुनेपछि पुग्याे पत्याइ हाल्छन् ।

तपाईहरु भन्नुहाेला यस्ता अप्रमाणिक कुरा गर्न नहुने भनेर । पद र प्रतिष्ठाकाे लागि ज्यान फालेर पछि पछि लागेकाहरुले त सके साम्ने नसके पछि यस्ताे भन्न नहुने भनेर कुरा काट्छन् । तिनै मान्छे हुन् जसले तपाईलाई निर्विकल्प भन्थे । विगतमा लाेकतन्त्रमा निर्विकल्प भन्न मिल्दैन भनेर पढाएकै हाे । याे सब भ्रम हुनाकाे कारण अार्थिक अपारदर्शिता हाे । भित्र खराव हाेला नहाेला तर बजारमा शङ्काकाे जहरले राजनीति थला परेकाे छ ।विश्वास गुमेकाे छ । अाम रुपमा मनाेज काण्डका संरक्षकहरु भनेर शीर्ष व्यक्तितिरै अाैला साेझाउँछन् ।
अनि सार्वजनिक पद धारण गर्नेहरुले कति सम्पत्ति छदा सार्वजनिक पद धारण ग-याे निस्कदा कति भयाे भनेर थाह पाउनु पर्छ ।

अहिले गाउँनगरका प्रमुखहरुले सांसदकाे भन्दा ज्यादा काराेबार गर्छन् । विगतकाे जस्ताे ५० लाख हैन ५० कराेडकाे काराेवार हुन्छ । त्यसैले पनि उनीहरुले अाअाफ्नाे सम्पत्ति विवरण अाम जनताले थाह पाउने गरी बुझाउनु पर्छ । प्रदेश सभासद, साँसद सबैले खुलाउनुपर्छ । यसले पारदर्शिता ल्याउँछ । विश्वासनीय वातावरण बनाउँछ ।
निष्ठा र समर्पण हाेला। भित्रभित्रै असल नियत राखेर काम गर्ने थुप्रैछन् । तर पारदर्शिता भएन भने राजनीतिमा भ्रमकाे तुँवालाे लाग्छ । त्यसलाई सफा गर्न सकिँदैन ।
त्यसैले अब नयाँ ढङ्गले साेंचाैं । हल्ला अाउनुकाे कारण खाजाैं । मुलुककाे लागि जगैबाट काम गराैं । हामी साथमा छाैं ।
उहीँ ऋषि अाजाद ।