ठूलो मतान्तरले चुनाव जित्ने विष्णु पौडेलको दाबी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

ठूलो मतान्तरले चुनाव जित्ने विष्णु पौडेलको दाबी



नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन्।

शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले यस्तो दाबी गरेका हुन्। उपाध्यक्ष पौडेलले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे।

उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताए। उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गरे।

जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने उनको प्रतिवद्धता थियो। उनले नेकपा एमालेले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा ठूलो जित दर्ता गर्ने बताए।