प्रधानमन्त्री देउवालाई भेट्न विष्णु पौडेल बालुवाटारमा - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

प्रधानमन्त्री देउवालाई भेट्न विष्णु पौडेल बालुवाटारमा



काठमाडौँ । एमाले उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेल बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरूसहित बालुवाटार पुगेका थिए।