के यो शताब्दी महिलाको हो त ? - Himal Post Himal Post
  • ६ पुष २०८१, शनिबार
  •      Sat Dec 21 2024
Logo

के यो शताब्दी महिलाको हो त ?



बिष्णु कुमारी सापकोटा – अध्यक्ष नेपाल महिला संघ गुल्मी
” यो सताब्दी महिलाको हो । ” आज हामी द्वापर त्रेता हुदै कलीयूग सम्म आइपुगेकीछौ । द्वापरयूगको इतिहासमा महिलाहरूले मान प्रतिष्ठा र सम्मान पाएको र नारी लाइ एउटा शक्तिको रूपमा पुजा गरेको हामी पढेकाछौ भने त्रेतायूगमा महिलालाइ एउटा बच्चा जन्माउने मेसिन र सबैको सेवा गर्ने दासीको रूपमा मात्र नभइ महिला पुरूषको एक अँग हो । यसले पुरूषका हरेक इच्छा आकॉन्क्षाहरू पुरा गर्नु पर्छ र पुरूष बिना उस्लाइ बाच्ने कुनै अधिकार छैन भन्दै बिभिन्न निति नियमहरू बनाएर पुरूषको मृत्यू सँगै मर्नु पर्ने सती शाबित्रीका इतिहास पढ्दा एक सपना र कहाली लाग्दो कथा जस्तो लाग्छ । तर यो यथार्थता हो , अमानबिय यातना र पशुतुल्य स्थानलाइ पनि महिलाहरू हाम्रो धर्मको कडा र कठोर अनुसान हो यसलाइ पालना गर्नुपर्छ भन्दै स्विकार्दै आएको पनि हामी पढ्यौ र केहि देखियौ र भोग्यौ पनि , यसैको प्रभाबले गर्दा आज हामी कलीयूग यो महिलाको यूग हो भनेर भन्दैगर्दा पनि कता कता रोमलिएकाछौ , अल्मल्लीएका छौँ ।

 हाम्रा इतिहासका पात्र शाहसी बीरड•गना थुप्रै महिलाहरूले कडा सँघर्ष गर्दै ज्यू ज्यानको आहुती दिदै हटाएका ती कु प्रथाहरूको बिरूद्धमा आफूलाइ उभ्याउन सफल हुनुभयो वाहॉहरूलाइ सलुट गर्नै पर्छ । तर पनि हामी यो २१ औँ सताब्दिका महिलाहरू अझै पनि सँकुचित घेरा बाट बाहिर आउन नसक्नु यो बिडम्वना हो । 

हिजो  हामी महिलाहरू कानुनी रूपमै बेचिएका थियौ भने आज गैर्ह कानुनि रूपबाट बेचिएकाछौ ।

हिज हामी माथी प्रतक्ष्य शासन गरिन्थ्यो । दाशी श्रीमति सुसारे र पुरूषो एक अँगको रूपमा जे मन लाग्यो त्यहि गरिन्थ्यो भने आज बिभिन्न प्रलोभनहरू देखाएर नाटकिय रूपबाट शोषण गरिएकोछ ।यसमा सबै दोष पुरूषलाइ दिनु भन्दा पनि हामी महिलाहरू स्वयम पुरातन सोच बाट छुटकरा लिन नसक्नु हो । हामी आखा चिम्लेर कतिपय कुराहरू स्वीकार्छौ जब सँकट पर्छ तब अरूलाइ दोष दिएर भाग्न खोज्छौ । भाग्य र कर्म लाइ दोष दिएर आफूलाइ धिक्रार्छौ । यहि नै हाम्रो ठूलो कमजोरी हो । मानिस जन्मदा सबै कुरा बाट पूर्ण भएर जन्मदैन । भाग्य निर्माण त उस्को कर्मले गर्दै जाने हो । कोहि पनि जन्मदा गरीब र धनी भएर जन्मदैन । कुनै जात बर्ग बिशेष भएर जन्मदैन ।

हाम्रो सामाजिक सँजालले बनाएका जातहरू हुन् यीनलाइ तोड्न सकिन्छ किनकी कृतिम सँरचाहुन् । जस्तो महिला पुरूष भएर जन्मनु यो प्रकृतिक कुरा हो ! यसलाइ हामी चाहेर नचाहेर पनि परिबर्तन गर्न सक्दैनौ । त्यसैले हामी सक्ने र हुने कुराको चिन्तन गर्न जरुरी छ । महिला वा पुरूष माथी गरिन् सामाजिक लिड•ग भेद नै आज हामी सबैको बाधक तत्व हो । यस्लाइ नियूनिकरण सके मात्र पनि हामी धेरै सफल हुनेछौ । यस्का लागी हामी महिलाहरू राज्यका हरेक क्षेत्रमा क्रियासिल हुन जरूरीछ । मेरो ब्याक्तिगत अनुभमा सबै भन्दा पहिला हामी महिलाहरूले म को हुँ ? मेरो पहिचान के हो ? म भित्र के छ ? भन्ने जस्ता अति सँबेनशिल कुरालाइ केलाउन जरूरी छ । दया कृपा र आशिरबादले महिलाहरूलाइ कमजोर बनाउछ !। आज हामी महिला शसक्तिकरणका लागी सबै क्षेत्रमा आरक्षणका कुरा गरिरहेकाछौ । यो थोरै समयका लागी मात्र प्रयोग गर्नु पर्छ अन्यथा यहि कुरा हामी क्यापेबल क्षेमतावान महिलाहरूका लागी घातक बन्न सक्छ । यस्ले ठूला बडा र आफन्तबाद र चाकडिबादलाइ प्रेरणा दिन्छ जस्का कारण यो तानाहि बन्न पनि सक्छ ।

जस्का बिरूद्ध हामी यूगौ देखी लड्दै आयौv दया र कृपाले उठेर लड्न होइन सुतेर झुक्न सिकाउछ सिकाउछ ।

कसैको कृपाले बनाएको प्रधानमन्त्री भन्दा आफ्नै बुद्धि बिबेकले सँघर्ष गरेर वार्ड अधक्ष्य भएको ठूलो र आत्म सम्नित हुन्छ ।

मैले आज यो मेरो सताब्दिमा पनि किन मेरो भन्न सकिन त ? कारणहरू मेरो शक्ति मेरो इजेत र अस्तित्व म स्वयमले बुझ्न जोगाउन र बचाउन सकेको छैन। वास्तबमा आज मेरो इजेत र अस्तित्व बचाइदिने निहुमा उसैले मेरो अस्मिता लुटिरहेकोछ । मैले थाह पाएर पनि म मौनछु किनकी म पद प्रतिष्ठाको लागी चुकिसकेकीछु । आफूभित्र लुकेका अपमानहरूलाइ दबाउदै म उसैका लागी लडिरहन्छु जस्ले मलाइ कहिल्यै पनि अगाडि बढ्न दिदैन। महिले सम्मान गर्ने पुरूषले मलाइ सम्मान गर्न नसक्नु ।हामी महिला महिला बिचको सह अस्तित्व स्विकार्न नसक्नु । कसैको बहकाउमा लागेर तुरून्तै बिस्वास गर्नु , अपमान र तिरस्कार लाइ पनि सहज रूपमा स्विकार्नु। आफूलाइ बिर्सेर अरूको लागि मात्र चिन्तन गर्नु, पुरूषहरूले महिलालाइ हेर्ने दृष्टिमा हिजो र आज मा खाशै भिन्नता आउन नसक्नु। जब सम्म म एक महिला हु म महिला भएर एक्लै हरेक कार्य गर्न सक्छु भन्ने आत्मवल र बिस्वासमा कमि हुनु आदियो सताब्दि महिलाको हो हामी थोरै मेहेनत गरे पनि सफल हुन सक्छौ त्यसैले इतिहास बाट केहि पाठहरू सिक्दै भबिस्यका हाम्रा सन्तती हरूकालागी बर्तमानमा केहि राम्रा कार्यहरूको थालनी गर्दै मार्गदर्शक बन्नसकौ यहि मेरो शुभेक्षाछ ।नेपालको बर्तमान परिबेशमा नेपाली महिलाहरूको स्थान ६०१ साँसद मध्य १०० जना महिला सॉसद र राष्ट्रपति , सभामुख र प्रधान न्याधिश जस्ता गरिमामय पदहरू पनि महिलाहरूकै कब्जामा आएकाछन् । राज्यको सबै भन्दा उच्च तह र राष्ट्रिय नेतृत्व लाइ हेदा सँसारकै उत्कृष्ट स्थानमा देखिएकोछ नेपाल । तर सवाल पद र नेतृत्वको भन्दा पनि सफल नेतृत्वको भूमिका र अस्थित्वको रहन्छ ।

समग्र नेपाली महिलाहरू जो आज पनि छिमेकी राष्ट्र भारत लगाएत सँसारका थुप्रै राष्ट्रहरूमा बेचिएर अमानबिय पशुतुल्य जीवन जीउन बाध्यछन् ।ग्रामिण महिलाहरू घरेलु हिँसा र बलत्कारका शिकार बनिरहेकाछन्। त्यसैले लँकामा सुन छ मेरो कान बुच्चै भने जस्तै भएकोछ नेपाली महिलाहरूलाइ । बिभिन्न सँचारका माध्यम र टि बि च्यानलमा महिला अधिकार देखेर मात्र महिलाहरूको अधिकार लागु हुन सक्दैन । जब सम्म नितिनि र नियमलाइ कडाइका साथ कार्यन्वयन गराइदैन तब सम्म महिलाहरूका लागि कौवा लाइ बेल पाक्यो हर्ष न बिस्मात हुन्छ ।