आफ्ना भनिएका नेताहरूले निर्णायक मोडमा ल्याएर धोका दिए: माधव नेपाल - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

आफ्ना भनिएका नेताहरूले निर्णायक मोडमा ल्याएर धोका दिए: माधव नेपाल



काठमाडौं- नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालले आफ्ना भनिएका नेताहरूले निर्णायक मोडमा ल्याएर धोका दिएको बताएका छन् ।

उनले आफैले कार्यदलमा पठाएका नेताहरूले पनि अन्त्यमा ढोका दिएको बताए । आफूपक्षीय कार्यदलका सदस्यसहित केही नेताहरु केपी ओलीको जालझेल र षडयन्त्रमा फसेको प्रतिक्रिया दिएका छन्।

पहिले नेपाललाई उचाल्ने गरेका नौ नेताहरुले आज ओली निवास बालकोटमा भएको छलफलमा ‘आफूहरु एमालेमा नै रहेको र आगामी दिनमा पनि एमालेमा नै रहेने’ बताएपछि नेता नेपालले आफ्ना नजिकका यस्तो प्रतिक्रिया दिएका हुन्।

आफुपक्षीय केन्द्रीय सदस्य र सांसदहरूसहित सोमबार साँझ चन्द्रागिरि रिसोर्ट पुगेका नेपालले त्यहाँ सम्बोधन गर्दै ‘राजनीतिमा लागेपछि कठिन परीक्षाहरु पार गर्नुपर्ने’ समेत बताए। ‘हाम्रै साथीहरुले समेत कतिपय अवस्थालाई बुझ्न सकेनन्, निर्णायक मोडमा आइपुग्दा समेत रोक्न खोजियो’, केन्द्रिय सदस्य तथा सांसदहरुसँग उनले भने, ‘ओलीको जालझेलमा परेर फाइदा छैन।’

नेता नेपालले ओली पार्टी एकताबारे छलफलका लागि तयार भए र आफूहरुले भनेको माने नयाँ दल दर्तापछि वार्ताका लागि आफू तयार रहेको समेत बताएका छन्। ‘उनले भनेको मान्ने हो भने जे हुन्छ नयाँ दल दर्तापछि हुन्छ तर सधैं जालझेलले काम गर्दैन’, नेता नेपालको भनाइ उधृत गर्दै एक केन्द्रिय सदस्यले बताए, ‘नभएर हामी नयाँ तरिकाबाट अगाडि बढ्नुपर्छ।’

नेपालसहित केन्द्रीय सदस्य र सांसदहरु सोमबार साँझ पार्टीको राजनीतिक दस्तावेज र अन्तरिम विधानबारे छलफल गर्न चन्द्रागिरि पुगेका हुन्। निर्वाचन आयोगले दल दर्ताका लागि नेताहरूलाई बुधबार समय दिएको छ।