वीरगन्ज मेयरका उमेदवार विजय सरावगीलाई स्थानीयले लखेटे - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

वीरगन्ज मेयरका उमेदवार विजय सरावगीलाई स्थानीयले लखेटे



वीरगन्ज महानगरपालिकाको मेयरका उमेदवार विजय कुमार सरावगीलाई स्थानीयले लखेटेका छन् ।

नेकपा एमालेको मेयरका उमेदवार सरावगीलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवा प्रसौनी बुथमा मतदान गर्न गएका मतदाताले लखेटेका हुन् ।

बेला प्रसौनी बुथमा पुगेका सरावगीलाई स्थानीयले लेखट्न थालेपछि हतारहतार सरावगी आफ्नो गाडी चढेर फिर्ता भएका छन् ।

साढे चार वर्षसम्म कुनै पनि बेलवाबासीका लागि काम नगरेको र अहिले फेरी भोट माग्न आएपछि लखेटेको स्थानीयको प्रतिक्रिया छ ।