वीरगञ्जमा विस्फोट,एक जना घाइते - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

वीरगञ्जमा विस्फोट,एक जना घाइते



पर्सा- मंगलबार वीरगञ्जमा विस्फोट हुँदा एक जना घाइते भएका छन्। साँझ अन्दाजी ७ बजेर ३५ मिनेटको समयमा विस्फोट हुँदा बारा जिल्ला परवानीपुर गाउँपालिका ५ बस्ने अमरजित प्रसाद पटेल घाइते भएका हुन्।

वीरगञ्ज ९ स्थित घण्टाघरबाट १०० मिटर उत्तरतिर तरकारी बजारमा विस्फोट भएको थियो। बम नै विस्फोट भए नभएको सम्बनधमा भने प्रहरीले खुलाएको छैन।

घाइते पटेलको दाहिने पिँडुलमा चोट लागेको बताइएको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।