वीरगञ्ज महानगरको ३५ दिने अल्टिमेटम - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

वीरगञ्ज महानगरको ३५ दिने अल्टिमेटम



काठमाडौं- वीरगञ्ज महानगरपालिकाले नक्सा पास भए नभएको विवरण पेश गर्न ३५ दिने अल्टिमेटम जारी गरेको छ ।

महानगरले एक सूचना जारी गर्दै सडकको दायाँ-बायाँमा पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन वा विवरण पेश गर्न निर्देशन दिएक्क छ ।

महानगरको भवन निर्माण तथा इजाजत शाखाले मङ्गलबार जारी गरिएको सूचनामा १ नम्बर मेन रोड उत्तर गण्डक चोकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भए/नभएको विवरण बुझाउन निर्देशन दिएको हो ।

३५ दिनभित्र विवरण नबुझाएको खण्डमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कारबाही गरिने जनाइएको छ ।

?