बर्ड फ्लु नियन्त्रणका लागि कपिलवस्तुको सीमानाकामा कडाइ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बर्ड फ्लु नियन्त्रणका लागि कपिलवस्तुको सीमानाकामा कडाइ



दीपा महत / कपिलवस्तु । उच्च जोखिममा रहेको कपिलवस्तुमा बर्ड फ्लु रोग भित्रिन नदिन कपिलवस्तुका सीमा नाकाहरुका कडाई गरिएको छ । काठमाण्डौमा बार्ड फुल देखिएको र भारतकोनौतुनावमा २ महिना अघि वर्ड फुलु फैलिएको थियो । मुख्य भन्सार नाका कृष्णनगर , छोटी भन्सार कृष्णनगर, मर्यादपुर लगायतका एक दर्जन सीमा नाकामा बिशेष निग्रानी थालिएको प्रहरी उपरिक्षक मनोज यादवले बताउनुभएको छ ।

पंक्षीबाट नै वर्ड फ्लु सर्ने भएकाले अबैध निकासीलाई पुर्णरुपमा रोक्न सीमा नाकाहरुमा कडाई गरिएको उहाले बताउनुभयो । ‘ सीमा प्रहरी चौकीलाई पंक्षीजन्य पदार्थमा नियन्त्रणमा बिशेष निग्रानी गर्न निर्देशन दिएको छु ’ प्रहरी उपरिक्षक यादवले भन्नुभयो । यसैक्रममा सीमानाकामा निगरानी बढाइपछि आज बिहान जिल्लाको शुद्धोधन गाउँपालिका–५ तारानगरमा १८ सय अबैध चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ ।

१८ वटा कार्टुनमा ३ वटा साईलमा राखिएको अवस्थमा प्रहरीले चल्ला बरामद गरेको थियो । प्रहरीलाई देखे पछि साईलक चालक भन फरार भएको प्रहरी नायब उपरिक्षक नरेन्द्र काकीैले बताउनुभयो । बरामद गरिएको चल्ला पशु सेवा कार्यालयका प्रमुख अब्दुल सलाम ,संचारकर्मीको राहोवारमा प्रहरी कार्यालयमा नष्ट गरिएको थियो ।

यस्तै प्रहरीले जिल्लाको महाराजगंज नगरपालिका, हरदौना नाकाबाट २५ क्यारेट प्रतिबन्धित सेतो अण्डासमेत बरामद गरेको छ । उक्त अण्डासमेत नष्ट गरिएको जनाएको छ । कुखुराको चल्ला, कुखुरा, प्रतिबन्धित सेतो अन्डा, दाना लगायतका सामाग्रीहरु तस्करहरुले अवैध तरिकाले लुकीछिपी नाकाहरुबाट भित्र्याउने गरेका छन् ।

नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले तस्करहरुले बढी मुनाफा पाउन सेतो अन्डा र चल्ला भित्र्याउने गरेका हुन् । पशु सेवा कार्यालयले समेत जिल्लाका १० वटै स्थानीय तहलाई लिखित जानकारी गराइएको जनाएको छ । बर्ड फ्लुकै कारण सरकारले २०६२ सालदेखि भारतबाट पंक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाउँदै आएको छ ।