अविरल वर्षाले विराटनगर डुबायो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अविरल वर्षाले विराटनगर डुबायो



विराटनगर। विराटनगर डुबानमा परेको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगर डुबानमा परेको हो ।

अविरल वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका अधिकांश भित्री सडक तथा बजार डुबानमा परेका हुन् ।विराटनगर महानगरपालिका–७, १४ र १५ नम्बर वडाका धेरैजसो स्थान जलमग्न भएका छन् ।

मुख्य बजार क्षेत्रमा जलमग्न अवस्था रहेको छ । जसबाट आवागमनमा बाधा उत्पन्न भएको छ ।

मुख्यबजार क्षेत्रमा रहेको कोसी अञ्चल अस्पतालमासमेत पानी पसेको छ । औषधि राखिएको स्टोर रुम र फार्मेसीमा पानी भरिएको छ ।

मुख्य राजमार्गभन्दाबाहेकका सबै सडकहरु, भित्री सडक र पसल डुबानमा परेको स्थानीयले बताएका छन् ।

डुबानग्रस्त क्षेत्रमा नगरपालिकाले नाला ‘क्लियर’ पार्न डोजर परिचालन गरेको छ ।

डुबानबाट पीडित बनेका सर्वसाधारणले नगरपालिकाले बेलैमा ध्यान दिन नसक्दा डुबान भएको आरोप लगाएका छन् ।