बिरामीको मृत्यु भएपछी स्थानीयद्वारा हस्पिटल तोडफोड - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बिरामीको मृत्यु भएपछी स्थानीयद्वारा हस्पिटल तोडफोड



काठमाडौं । झापाको बिर्तामोडस्थित कनकाई हस्पिटलमा स्थानीयले तोडफोड गरेका छन् ।

उपचारमा हेलचेक्र्याइँ गरेकाले बिरामीको मृत्यु भएको भन्दै स्थानीयले हस्पिटलमा तोडफोड गरेका हुन् । २२ जेठमा एपेन्डिसाइटिस उपचारका लागि भर्ना भएकी इलाम सूर्योदय नगरपालिका-९ की विविशा तामाङको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

भर्ना गरेको पाँचौ दिन आइतबार बिहान अस्पतालले उपचार गर्न नसक्ने भन्दै विराटनगर रिफर गरेको र त्यसतर्फ लाने क्रममा बाटोमै तामाङको मृत्यु भएपछि आफन्त आक्रोशित भएको बताइएको छ ।

आफन्तको नाराबाजीपछि भिडलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय अनारमनीले उक्त स्थानमा लाठी चार्ज र तीन सेल अश्रुँग्यास प्रयोग गरेको छ । पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भइरहको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख, डीएसपी मोहन थापाले बाह्रखरीलाई जानकारी दिएका छन् ।