विराज भट्टले शंकर पाण्डेलाई कुटे - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

विराज भट्टले शंकर पाण्डेलाई कुटे



काठमाडौं – चलचित्र ‘साङ्लो’ निर्माणको विषयलाई लिएर अभिनेता विराज भट्टले चलचित्र प्राविधिक संघका साधारण सदस्य एवम् निर्माण नियन्त्रक शंकर पाण्डेमाथि हातपात गरेका छन् ।

भट्टले निर्माण गर्न लागेको फिल्म ‘साङ्लो’ को छायांकनको विषयलाई लिएर सोमबार साँझ अभिनेता भट्ट र निर्माण नियन्त्रक पाण्डेबीच भेटघाट भएको थियो । सोही भेटमा दुवैबीच हात हालाहाल भएको हो । लामो समयदेखि विराज फिल्म ‘साङ्लो’ निर्माणको तयारीमा जुटेका छन् । यो फिल्मलाई उनी आफैले निर्देशन गर्दैछन् भने नायकको रुपमा पनि आफैले अभिनय गर्ने भनिएको छ ।

विराजले आफ्नै लगानीमा बनाउन लागेको यो फिल्ममा निर्माण नियन्त्रक शंकर पाण्डेले फिल्मको छायांकन समयमा शुरु हुन नसकेकाले फिल्म छाड्ने भनेका थिए । जवाफमा विराजले फिल्म छाड्ने भए आफूसँग लिएको एडभान्स फिर्ता गर्नुपर्ने बताए ।

तर, पाण्डेले लामो समय यो फिल्मका लागि दिइसकेकाले एडभान्स फिर्ता नगर्ने बताएका थिए । यही कुरालाई लिएर विवाद भएको थियो ।

विवाद चुलिँदै गएपछि विराज भट्टले पाण्डेमाथि हात हालेका थिए । विराजको कुटाइबाट भुइँमा लडेका पाण्डेले पछि विराजलाई पनि हात हालेको बताइएको छ ।

यद्यपि विराजले भने आफूलाई गाली गरेकाले हात हाल्नुपरेको बताएका छन् । यता खबरहबले सम्पर्क गर्न खोज्दा विराजको फोन सम्पर्क हुन सकेन ।