विपन्न बालबालिकालाई न्यानो लुगा वितरण - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

विपन्न बालबालिकालाई न्यानो लुगा वितरण



मसुरिया ,कैलाली । रेडियो सुनौलो एफएम १०५.६ मेघाहर्जका प्रबन्ध निर्देशक तथा चर्चित पत्रकार खकेन्द्र जैसी र आई.टी. कम्प्युटर धनगढीका संचालक तथा मोडल आलोक जंग साउदले संयुक्त रुपमा गरिब परिवारका बालबालिकालाई चिसो बाट बचाउन न्यानो लुगा वितरण गरेका छन् ।

पछिल्लो समय चिसो निक्कै बढेकोले चिसो बाट बचाउन गौरिगङ्गा नगरपालिका वडा नम्बर ३ मा रहेको शिव गङ्गा नदिको छेउमा रहेको कालीका शिबरमा बसोबास गर्ने गरिब तथा बिपन्न परिवार का १० बर्ष मुनिका बालबालिका लाई रेडियो सुनौलो एफ.एम १०५.६ मेघाहर्ज र आई.टि.कम्प्युटर धनगढिका सञ्चालकले न्यानो लुगा वितरण गरीएको पत्रकार खकेन्द्र जैशिले बताए । उक्त शिबिरमा बसोबास गर्ने १० वर्ष मुनिका प्रत्येक घरका बालबालिका लाई एक कार्यक्रमका बिच न्यानो लुगा बितरण गरीएको पत्रकार जैशिले जानकारी दिए ।

चिसो मौसममा अलिकति भएपनि स –साना बालबालिका लाई राहत होस भनेर आफुहरुले न्यानो लुगा उक्त शिबिरमा बसोबास गर्ने परिवारका बालबालिका लाई वितरण गरीएको आई.टि कम्युटर धनगढिका सञ्चालक तथा मोडल आलोक जङ्ग साउदले बताए। यो आफ्नो सामाजिक कार्यको अन्त नभई शुरूवात भएको बताउदै मोडल साउदले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए । उक्त न्यानो लुगाले आफुहरुलाई धेरै राहत भएको कालीका शिविरका वासिन्दाहरुले बताएका छन् । उनिहरुले रेडियो सुनौलो एफ.एम.र आई.टि.कम्प्युटर प्रति हार्दिक कृतज्ञता पनि व्यक्त गरेका छन्।

आई.टि.कम्प्युटर धनगढिका सञ्चालक तथा मोडेल आलोक जङ साउँदको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालीका वडा नं. ३का वडा अध्यक्ष्य नरेन्द्र शाह रहेका थिए ।