विप्लव समुहलाई सहयोग गरे सरकारले कारवाही गर्ने ! - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विप्लव समुहलाई सहयोग गरे सरकारले कारवाही गर्ने !



सरकारले विप्लव समूहका नामले चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले विप्लव समूहका आपराधिक तथा विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्ष र परोक्ष रूपमा आर्थिक तथा अन्य सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने बताएको हो।

‘कोही कसैले जबरजस्ती आर्थिक सहयोग माग गर्ने/धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता समूहलाई आर्थिक सहयोग गरेको पाइएमा त्यस्तो सहयोग दिने र लिने वा अन्य कुनै किसिमको सहयोग गर्ने गराउनेसमेतलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ।’

विप्लव समूहले पछिल्लो समय क्रान्ति गर्ने भन्दै विद्यालय, कर्मचारी, व्यापारी र जनप्रतिनिधिलगायतसँग चन्दा उठानउने क्रम तीव्र बनाएको छ।

यसअघि फागुन २८ गते सरकारले विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम उक्त समूहलाई आर्थिक सहायता गर्नेलाई पनि कारबाही गर्ने गृहको विज्ञप्तिमा उल्लेख छ।