विप्लवको नयाँ प्लान यस्तो
तुलसीपुर । विप्लव समुहका कार्यकर्ताले मृत्यु भएका मान्छेको नागरिकता प्रयोग गरेर सिम निकाल्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सो समूहका कार्यकर्ताले आफनो नामको सिम प्रयोग गर्न छोडेर मृत्यु भएका मान्छेको नाममा सिम झिकेर प्रयोग गर्ने गरेको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए ।
‘विप्लवका कार्यकताको नाममा रहेको फोन स्वीच अफ भन्छ,’ प्रहरी प्रमुख पाण्डेले भने– ‘पक्राउ पर्ने डरले मृत्यु भइसकेका व्यक्तिको नाममा नयाँ सिम झिकेर प्रयोग गरिरहेको खुलेको छ ।’ सरकारले विप्लव समूहलाई प्रतिवन्धित गरेपछि सो समूहका सबै कार्यकर्ताको फोन अहिले अफ अफ छन् । उनिहरुले प्रयोग गरेका सिमको खोजी गर्दै जाँदा बर्षौं अघि मृत्यु भइसकेका मान्छेको नाममा रहेको प्रहरी प्रमुख पाण्डेले बताए ।