विप्लबलाई झड्का :पक्राउ परे भेरी–कर्णाली इञ्चार्ज शाही - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

विप्लबलाई झड्का :पक्राउ परे भेरी–कर्णाली इञ्चार्ज शाही



काठमाडौं– प्रहरीले नेत्र विक्रम चन्द विप्लव माओवादी बुद्धिजीवी परिषद भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई पक्राउ गरेको छ ।

कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो । प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने, विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको हो ।

शाही कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख पनि हुन् ।

शाहीबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित बरामद भएको छ । उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

शर्माका अनुसार शाही भेरी–कर्णालीका १० जिल्लामा संगठन विस्तार गर्ने, बम बिस्फोट गराउने, चन्दा–आतंक मच्चाउन सक्रिय थिए । गत भदौ १० गते विप्लव माओवादीको बन्दका क्रममा उनले दैलेख र कालिकोटको सिमानामा बम बिस्फोट गराई आतंक मच्चाएका थिए ।

कालिकोट विप्लव माओवादी नेता खड्गबहादुर विश्वकर्माको आधार इलाका मानिन्छ । सरकारले गत फागुन २८ गते विप्लव माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्रहरीले पक्राउ तथा कारबाहीलाई तीव्र पारेको छ ।