विप्लव समुहका ६ कार्यकर्ता पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विप्लव समुहका ६ कार्यकर्ता पक्राउ



दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य असल क्षेत्री पक्राउ परेका छन् ।

केन्द्रीय सदस्य क्षेत्रीलाई प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ बाट पक्राउ गरेको हो । क्षेत्रीसहित अन्य ५ कार्यकर्ता पनि पक्राउ परेका छन् ।

केन्द्रीय सदस्य क्षेत्रीसहित विप्लवका कार्यकर्तालाई वडा नम्बर ३ स्थित राम्रीको जंगलबाट स्कारपियो गाडी सहित पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।