आर्थिक अभावले जेल पुगे विप्लवका कार्यकर्ता - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

आर्थिक अभावले जेल पुगे विप्लवका कार्यकर्ता



विप्लव समूहका चार कार्यकर्तालाई जिल्ला कारागार चलान गरिएको छ। अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा अदालतले उनीहरूलाई कारागार पठाएको हो।

प्रतिव्यक्ति ४ लाख २० हजार गरी कुल १६ लाख ८० हजार रुपैयाँ जिल्ला अदालतले धरौटी माग गरेको थियो। सो रकम बुझाउन नसक्ने जनाएपछि उनीहरूलाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो।

कास्की जिल्ला पोखरा महानगरपालिका– २७ ज्यामिरेका ३३ वर्षीय जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउँपालिका–१ का  २९ वर्षीय मजदुर नेता गोविन्द ओलीलाई २०७५ फागुन १४ गते पुतलीबजार १४ बाट प्रहरीले पक्राउ गरेको थियो। यसैगरी भीरकोट नगरपालिका–२ का ४७ वर्षीय जिल्ला कमिटी सदस्य सागर अर्याललाई चैत २७ र वालिङ नगरपालिका–२ छाप्राककी ५० वर्षीया मिसिरा नेपाली (सार्की) चैत १७ मा पक्राउ परेका हुन्।

यी चार जनालाई प्रहरीले पहिलो चरणमा राज्य विरुद्धको कसुर र विष्फोटक पदार्थसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

नक्कली बमले स्थानीय नागरिकलाई आतङ्क मच्चाएको र धम्की दिएर चन्दा असुलेको थप प्रमाण भेटेपछि दुवै मुद्दालाई  सङ्गठित अपराध शीषर्कमा परिवर्तन गर्दै अदालतमा कार्बाहीको माग गरिएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए।

अदालतले एनसेल टावरमा विष्फोट गराएको शीर्षकमा जनही दुई लाख २० हजार र नक्कली बमबाट आतङ्क फैलाएको र चन्दा असुलको शीर्षकमा दुई लाख धरौटी माग गरेको हो।

अदालतबाट अवैध रूपमा चन्दा असुल गरेको रकम फिर्ता, टावरको क्षतिपूर्ति सहितको माग गरेको छ।

उनीहरूमाथि फागुन १० गते राति वालिङ नगरपालिका–१२ मा रहेको एनसेलको टावरमा बम विस्फोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोप छ।