एका एक विज्ञप्ति जारी गर्दै सरकारलाई दिए विप्लबले यस्तो चेतावनी !(विज्ञप्ति सहित) - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

एका एक विज्ञप्ति जारी गर्दै सरकारलाई दिए विप्लबले यस्तो चेतावनी !(विज्ञप्ति सहित)



काठमाडौं–नेक्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफूमाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन माग गरेको छ ।

सरकारले पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएपछि आफ्नो पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर यातना दिएको भन्दै विप्लव नेतृत्वको नेकपाले यो निर्णयलाई सच्याउँदै प्रतिबन्ध फिर्ता नलिएर कडा प्रतिकार गर्ने चेतावनी दिएको हो ।

पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै गिरफ्ता परेका आफ्ना नेता तथा कार्यकर्ताको नगरे वर्तमान सरकार विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमार्फत विप्लवले भनेका छन्, ‘हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार हुनेछ ।’

विप्लवले जारी गरेको विज्ञप्ति यस्तो छ :