विप्लवका कार्यकर्ताले गाउँपालिका कार्यालय जलाए - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

विप्लवका कार्यकर्ताले गाउँपालिका कार्यालय जलाए



कालिकोट –

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा नेत्रविक्रम चन्द समूह ‘विप्लव’का कार्यकर्ताले आगो झोसेका छन् । ती कार्यकर्ताले मङ्गलबार राति १ बजे गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ५ र ६ का कार्यालयमा समेत आगो लगाई र तोडफोड  समेत गरेका छन् ।

आगजनीबाट भुक्तानी हुनै लागेका महत्त्वपूर्ण बिलहरू जलेर नष्ट भएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । ‘महत्त्वपूर्ण कागजातसहित भौतिक सामान सबै नष्ट भएका छन्। आर्थिक वर्ष सकिनै लागेको बेला कार्यालय जलाएपछि काम गर्न अप्ठेरो भएको छ। ’

मङ्गलबार राति नै नरहरिनाथ ५ रुप्सा र ६ माल्कोट सेरापाटास्थित वडा कार्यालयमा पनि तोडफोड गरी कागजात नष्ट गरेको जानकारी उनले दिइन् ।
राति १ बजे बन्दकर्ताले पेट्रोल छर्किएर आगजनी गरेको कालिकोटका प्रहरी प्रमुख डीएसपी विनोद शर्माले जानकारी दिए ।

(चित्र साङ्केतिक)