धमाधम आत्मसर्पण गर्दै विप्लवका कार्याकर्ता - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

धमाधम आत्मसर्पण गर्दै विप्लवका कार्याकर्ता



काठमाडौं- प्रतिबन्धित नेकपा (विप्लव समूह) चार कार्याकर्ता जिल्ला प्रशासन कार्यालय रुकुमसमक्ष आत्म समर्पण गरेका छन्।

उनीहरूले जिल्ला क्रियाशील अन्य प्रमुख दलका प्रतिनिधि, मानवअधिकारकर्मी एवं पत्रकारको उपस्थितिमा प्रशासनसमक्ष आत्मसपर्मणगरेको जिल्ला प्रशासनका कार्यालयले जनाएको छ।

आत्मसर्पण गर्नेमा जिल्ला तहका नेता बटबहादुर बुढा, बिनोद छिनाल, महेश सुनार र बालकुमार बुढामगर छन्। आत्मसमर्पण गरेका चार कार्यकर्तालाई भुमे गाउँपालिकाका वडा अध्यक्ष चंखबहादुर बुढामगरले जिम्मा लिएको प्रशासनले जनाएको छ।