विप्लव निकटका यी सञ्चारमाध्यमलाई खतरा ! - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

विप्लव निकटका यी सञ्चारमाध्यमलाई खतरा !



विप्लव समूहमाथि प्रतिबन्ध लगाए लगत्तै सरकार उक्त समूह निकट सञ्चारकर्मी तथा पत्रकाहरुप्रति निर्मम ढंगले प्रस्तुत हुन खोजिरहेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार, सञ्चार मन्त्रीले पहिलो चरणमा निगरानीमा राखेका विप्लव निकट सञ्चार माध्यमहरुमा पार्टीको मुखपत्र ईरातो खबर डटकम छ । पुराना बामपंथी पत्रकार अशोक सुवेदी सम्पादक रहेको यो अनलाईन न्यूज पोर्टल पार्टीका नेता तथा बामपंथी लेखक गुणराज लोहनीको नेतृत्वमा सञ्चालित छ ।

यसैगरी खुम्बु चन्दको व्यवस्थापनामा राजधानीको अनामनगरमा कार्यालय रहेको रेडियो मिर्मिरे ९४ थोप्लो ४ लाई पनि सुरक्षा निकायले निगरानीको सूचीमा राखेको छ ।

सुदर्शन मंगोल अध्यक्ष रहेको न्यूज पोर्टल जनपाटी डट नेट, पत्रकार महासंघका पूर्व सचिव रहिसकेका प्रभात चलाउने प्रधानसम्पादक रहेको ननस्टप खबर डटकम, इमान्दार मिडिया प्रालिद्वारा पत्रकार कमल बुढाको व्यवस्थापनमा सञ्चालित संचार केन्द्र डटकम र धनन्जय बुढा सम्पादक रहेको अनलाइन डबली डटकमलाई पनि सरकारले निगरानीमा राखेको सरकारी सुरक्षा स्रोतको दाबी छ ।

उसो त विप्लव निकट रहेर सञ्चारकर्म गरिरहेका दर्जर्नौ सञ्चारमाध्यमहरु देशभरी सञ्चालनमा छन । तर, हाललाई यी ६ सञ्चार माध्यमलार्ई कडा निगरानीमा राख्ने निर्देशन सरकारले दिएको उच्च सुरक्षा अधिकारीको भनाई छ ।

पार्टी प्रतिबन्धको करीब दुई साता यता विप्लव निकट पत्रकारहरुलाई काठमाण्डौंमा सुरक्षा निकायले धरपकड नगरेपनि कर्णाली प्रदेशको कालिकोटमा सञ्चारकर्मी कर्ण बिकलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।

सदरमुकाम मान्ममा रहेको रेडियो कर्णालीको स्टुडियोभित्र हतियारधारी प्रहरी प्रवेश गरी सञ्चारकर्मी बिकलाई पक्राउ गरेको घटनाले विप्लव निकट पत्रकार तथा सञ्चारकर्मीहरुलाई पक्राउ गरी मुद्दा चलाउन सक्ने संदेश सरकारले पत्रकारपंक्तिमा दिएको छ ।

साँघुबाट