विप्लव समूहले भन्यो - हामी सरकारसँग वार्तामा बसेका छैनौँ - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

विप्लव समूहले भन्यो – हामी सरकारसँग वार्तामा बसेका छैनौँ



हिमालपोस्ट/काठमाडौँ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको भनिएको वार्ता हुँदै नभएको र यो सबै झुट भएको खुलेको छ। केही अनलाइनहरूले चरणबद्ध रूपमा प्रकाशित गरेका समाचारहरू सबै नियोजित भएको विप्लव निकट स्रोतले बताएको छ।

विप्लव समूहको केन्द्रीय समितिको बैठक एक वर्षदेखि बस्न सकेको छैन। पोलिटब्युरो बैठकहरू भने क्षेत्रगत रूपमा अलग अलग हाल बसिरहेका छन्। सो पार्टीले सरकारसँग वार्तासम्बन्धी आधिकारिक धारणा बाहिर नल्याएको पनि स्रोतले बतायो।

स्रोतले भन्यो ‘सरकारसँग वार्ता भएको हल्ला झुटो हो। पार्टीले न त वार्ता गर्ने बारे निर्णय नै गरेको छ न आधिकारिक धारण बाहिर ल्याएको छ।’ स्रोतले थप्यो, ‘सोमबार साँज मात्रै सरकारले हाम्रा चार कार्यकर्ता पक्राउ गरेको छ। उनीहरू लगातार धरपकडमा छन्। यस्तो स्थितिमा नेकपाले कसरी वार्ता गर्न सक्छ?’

पार्टीमाथिको प्रतिबन्ध फुकुवा नगरेसम्म सरकारसँग वार्तामा बस्ने निर्णय नगरिने स्रोतको दाबी छ। पार्टीले यो भन्दा अगाडि वार्तासम्बन्धी राखेको सर्त यथावत् छ।

केही अनलाइनहरूले सोमबार साँज भक्तपुरमा विप्लवसँग वार्ता भएको भनेर समाचार प्रकाशित गरेपछि राजनीतिमा छुट्टै तरङ्ग उत्पन्न भएको थियो। सो वार्ताको खबर भ्रमात्मक भएको नेकपा स्रोतले जनाएको छ। वार्ता टोलीका संयोजक नै पश्चिम नेपालमा रहेकाले यो भ्रम मात्र भएको नेकपा निकट एक नेताले हिमालपोस्टलाई  जानकारी दिए।