विप्लव लगायतका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी, के-के छन् मुद्दा ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

विप्लव लगायतका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी, के-के छन् मुद्दा ?



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ।

सोमबार ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो।

अदालतले भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, स्थायी कमिटी सदस्य सन्तोष बुढा मगर, केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दीपक’, स्कूल विभाग सदस्य भरतबहादुर बम, मोहनबहादुर कार्की, पदमबहादुर राई लगायतका नेताहरु समेत पक्राउ पुर्जी जारी गरेको छ।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। सोमबार ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो।

अदालतले भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, स्थायी कमिटी सदस्य सन्तोष बुढा मगर, केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दीपक’, स्कूल विभाग सदस्य भरतबहादुर बम, मोहनबहादुर कार्की, पदमबहादुर राई लगायतका नेताहरु समेत पक्राउ पुर्जी जारी गरेको छ।

आपराधिक लाभ र संगठित अपराधको मुद्दामा भने धैरै व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको छ ।