विप्लव समूहले यसरी मनायो जनयुद्ध दिवस
मसुरिया ,कैलाली- नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले कैलालीमा विभिन्न कार्यक्रम गरेर २५ औं जनयुद्ध दिवस मनाएको छ ।
नगर कमिटीको आयोजनामा बिहीबार गौरीगंगाको एक गोप्य स्थानमा जनयुद्ध दिवस मनाईएको हो । दलाल पुजीवादी संसदीय राजनीतिकाे भासमा डुबेकाहरुले जनयुद्ध दिवस मनाउनु युक्तिसंगत नहुने नगर ईन्चार्ज रितिकले बताए ।
युद्धमा ज्यान गुमाउने सहिदको नाममा सत्तामा जाने भ्रर्याङ बनाई क्रान्ति र जनयुद्धलाई धोका दिएको उनले बताएका छन् ।