विप्लव समुहद्बारा कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

विप्लव समुहद्बारा कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी



हिमाल पोस्ट / कैलाली ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ ।

प्रदेशका कैलाली ,कञ्चनपुर लगायतका अन्य जिल्लाका नगर/गाउँ तथा वडा कार्यालयमा शनिबार राती तालाबन्दी गरेको हो । यसै क्रममा कंचनपुरको महाकाली , भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, बेलडाँडीका कार्यालय एव वडामा तालाबन्दी गरेको छ ।

सरकारले आफ्ना नेता कार्यकर्तामाथी धरकपट, पक्राउ गरेर हत्या र स्थानीय तहले भ्रष्टाचार गरेको आरोपमा तालाबन्दी गरेको नेकपाले जनाएको छ । पार्टीको घोषित नीति अन्तर्गत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अनुरुप विभिन्न कार्यालयमा तालाबन्दी गरिएको विप्लवका एक नेताले बताए । विभिन्न स्थानीय तहका कार्यालय एव वडामा लगाएको तालाबन्दी प्रहरीले तोडिदिएको छ ।