विप्लव समुहका नेताले गरे पार्टी परित्याग - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

विप्लव समुहका नेताले गरे पार्टी परित्याग



कावासोती। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नवलपुरका जिल्ला सदस्यहरु पारसमणि गौतम र दिपक कुमार घर्तीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई पत्र लेख्दै आत्मसमर्पण गरेको जनाएका हुन् । साथै, विप्लव समूह परित्याग गरी स्वतन्त्र रुपमा आफ्नो पेशा र व्यवसायमा लाग्ने प्रतिवद्धता पनि जनाएका छन् ।

पहिल्लो समय सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै नवलपुर प्रहरीले विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरु हिजो मात्रै जनही ५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । उनीहरुलाई सत्तारुढ नेकपा नवलपुरले जिम्मा लिएको प्रमुख जिल्ला अदिकारी नेपालले जानकारी दिए ।

यसअघि वैशाख ८ गते नवलपुर जिल्ला सदस्य रहेका धन बहादुर मर्दनियाले पनि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।