विप्लवको नेतृत्वमा शक्तिशाली माओवादी - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

विप्लवको नेतृत्वमा शक्तिशाली माओवादी



नेकपा माओवादी केन्द्रबाट बाहिरिएका नेता गोपाल किरातीले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा माओ‌वादीको पुनर्गठन गर्न प्रस्ताव गरेका छन् ।

आफूलाई नेकपा माओवादी केन्द्रको सं‌योजक बताउँदै आएका नेता किरातीले पुष्पकमल दाहाल प्रचण्ड एमालेमा विलय भइसकेको बताउँदै अब विप्लवको नेतृत्वको विकल्प नरहेको बताए ।

नेता किरातीले विप्लवको नेतृत्वमा बन्ने ‘शक्तिशाली’ नेकपा माओवादीमा मोहन वैद्य किरणसहितका नेताहरुलाई पनि समाहित गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका हुन् ।

‘२०७४ असोजदेखिको लगातार बिरोधका बावजुद एमालेमा विलय हुन हामफालेका प्रचण्ड समूह अहिले `निरीह लम्पसार ´ परेको देखिनु असाध्यै दु:खद कुरा हो’, उनले भने, ‘अत: सार्वजनिक आत्मालोचना गरी माओवादी धारामा फर्केर नेत्रविक्रम चन्द विप्लवको कार्यकारी नेतृत्वमा किरणसहितको एक शक्तिशाली माओवादी पार्टी पुनर्निर्माण मा अग्रसर हुन प्रचण्डसमक्ष आग्रह गर्दछौँ ।’

किरातीले विप्लवलाई पनि माओवादी धाराको केन्द्रीकरणमा निर्णायक पहल लिन पनि अपिल गरेका छन् । मा‌ओवादी र एमालेबीच एकताको निर्णय भएपछि माओवादीबाट बाहिरिएका किरातीले आफूलाई माओवादी केन्द्रको संयोजक बताउँदै राजनीतिमा सक्रिय छन् । अन्नपूर्ण पोस्टमा समाचार छ