विप्लव समूहले भन्यो: बजेट हिनामिना गरेकोले अध्यक्षलाई अपहरण गरियो - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

विप्लव समूहले भन्यो: बजेट हिनामिना गरेकोले अध्यक्षलाई अपहरण गरियो



काठमाडौंं- दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाले लिएको छ ।

सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका भेरी कर्णाली ब्यूरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका हुन् ।

शनिबार राति करीब २ बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै बेला विप्लव कार्यकर्ताले अपहरण गरेर लगेका थिए ।

तर, इलालाई भने करीब दुई घण्टा हिंडाएर जङ्गलबीचमा छाडिएको थियो ।

उनलाई गाउँपालिकाको बजेट अनियमितता गरेको भन्दै अपहरण गरिएको जनाइएको छ ।

शाहीको खोजीका लागि सुरक्षाकर्मी परिचालन भइसकेको छ ।