विप्लवले देशव्यापी कार्यक्रम गर्ने: यस्तो छ तालिका - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

विप्लवले देशव्यापी कार्यक्रम गर्ने: यस्तो छ तालिका



काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले माघ महिनाभर गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरेको छ।

बिहीबार सार्वजनिक कार्यतालिका अनुसार सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि देशभर अन्तरक्रियासम्म रहेका छन्। नेकपाले अमेरिकी दूतावास र राष्ट्रसंघ कार्यालयमा ज्ञापनपत्र बुझाउनेसम्मका कार्यक्रम राखेका छन्।

माघ ५ गते सरकारलाई ज्ञानपनपत्र दिने कार्यक्रम रहेको छ भने माघ १० गते अमेरिकी दूतावासलाई ज्ञापनपनपत्र कार्यक्रम रहेको छ। माघ १२ गते संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने कार्यक्रम राखेको छ।

त्यसैगरी देशव्यापी जनसङ्घर्षका कार्यक्रम अन्तर्गत माघ १० गते बन्दीको रिहाइका निम्ति तस्बिरसहित प्रदर्शन गर्ने बताएको छ।

माघ १६ गते सहिद दिवस मनाउने, १८ गते महँगीविरुद्ध प्रदर्शन गर्ने बताएको विप्लव समूहले माघ २० गते खुला सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।

माघ २५ गते भने देशव्यापी अन्तरक्रिया गर्ने जानकारी गराएको छ।