के विप्लवको पार्टी फुट्न लागेको हो ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

के विप्लवको पार्टी फुट्न लागेको हो ?



काठमाडौं -नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक शीर्ष नेताले सरकारले आफ्नो पार्टीविरुद्धको प्रचारयुद्धलाई घनीभूत पारेको आरोप लगाएको छ ।

अहिले पार्टी वार्तामा बस्ने मनस्थितिमा नभएपनि आफूले वार्तामा बस्न विप्लवलाई दवाव दिएको भन्दै प्रचार गरेको सो पार्टीका पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले आरोप लगाएका छन् ।

उनले सैद्धान्तिक रुपमा आफूहरु वार्ताको विरोधी नभएपनि अहिले वार्ताको कुनै सन्दर्भ र औचित्य नभएको बताएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै शर्माले वार्ताको लागि विप्लवलाई दवाव दिएको भ्रम फैलाएर सरकार पार्टी फुटाउ र राज गर भन्ने मनसायबाट निर्देशित रहेको टिप्पणी गरेका छन् । उनले आफू पार्टीको नीति र कार्यक्रमप्रति दृढ रहेको पनि पष्ट पारेका छन् ।

सरकारले २८ फागुनमा विप्लव नेतृत्वको पार्टीको गतिविधिमाथि प्रतिबन्ध लगाएर धरपकड तीब्र पार्दै आएको छ । यो बीचमा करीब २०० को हाराहारीमा विप्लवका नेता कार्यकर्ता पक्राउ परिसकेका छन् ।