विप्लव माओवादीनिकट क्रान्तिकारीको यस्तो चन्दा आतंक - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

विप्लव माओवादीनिकट क्रान्तिकारीको यस्तो चन्दा आतंक



काठमाडौँ । विप्लव माओवादीनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आफ्नो महाधिवेशनका लागि भन्दै विभिन्न शैक्षिक संस्थाहरूबाट चन्दा असुलेको आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

विद्यालयहरूमा पत्राचार गरी टेलिफोनमार्फत अधिकतम चन्दा दिन दबाब दिने गरेको निजी विद्यालयका सञ्चालकले बताएका छन्। सहयोगका निम्ति भन्दै क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहको हस्ताक्षरमा विद्यालयहरूमा पत्र पठाइएको छ।

क्रान्तिकारीको सम्मेलन फागुन २७ बाट ४ दिनसम्म दाङमा हुँदै छ।आफ्ना माग अटेर गरे विद्यालय बन्द गराउने चेतावनी क्रान्तिकारीले दिने गरेको छ

। ‘चन्दा नमागे कम्युनिस्ट नै हुँदैन जस्तो गर्छन्,’ ललितपुरस्थित एक विद्यालयका सञ्चालकले भने, ‘हिजो पनि दिएका थियौं।

आज नदिने भन्ने रहेन। आखिर अभिभावकबाट अन्य शुल्क भनेर थप्ने न हो ।’