विप्लवको नाममा आत‌ंक, दुई करोड फिरौती - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विप्लवको नाममा आत‌ंक, दुई करोड फिरौती



काठमाडौँ-‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको नाममा करोडौं चन्दा मागेर आतंक मच्चाउने चार जनालाई केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले पक्राउ गरेको छ।

काठमाडौंमा जग्गा ब्यापारको काम गर्दै आएका गोरखाका एक ब्यवसायीलाई गोरखा नै घर भएका चार जनाले दुई करोड फिरौती मागेको र फिरौती नदिए बम राखेर घर उडाइदिने र ज्यान मार्ने धम्की दिएको सीआइबीले जनाएको छ।

पक्राउ पर्नेमा गोरखाको अजिरकोटका ४० वर्षीय चेतबहादुर गुरुङ, गोरखाको सुलिकोटका २८ वर्षीय सोमबहादुर गुरुङ, गोरखाको सिरानकोटका ३८ वर्षीय वीरबहादुर गुरुङ र गोरखाको सुलिकोटकै २३ वर्षीय सुनील ढकाल छन्।

सीआइबीका अनुसार चेतबहादुर योजनाकार हुन् भने विरबहादुरले भारतमा गएर ती व्यवसायीलाई एसएमएसबाट धम्की दिएका थिए। चेतबहादुर तरुण दलको केन्द्रिय महाधिबेशन प्रतिनिधि हुन्।