हेमन्त प्रकाश ओलीका मुख्य सहयोगीसहित विप्लवका पाँच मुख्य नेता पक्राउ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हेमन्त प्रकाश ओलीका मुख्य सहयोगीसहित विप्लवका पाँच मुख्य नेता पक्राउ



नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ परेका छन् ।

विप्लव नेकपाका स्थायी कमिटी सदस्य ओली, सुदर्शनका मुख्य सहयोगी नुमबहादुर विकसहित नख्खु विस्फोटमा संलग्न तीनजना काभ्रेबाट पक्राउ परेका हुन्।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले उनीहरूसहित नख्खु विस्फोटमा संलग्न विप्लव समूहका शिव धिमाल, डिकेन्द्र राई र विशाल तामाङलाई पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरको कमान्डमा खटिएको प्रहरी टोलीले मंगलबार राति काभ्रेबाट उनीहरूलाई पक्राउ गरेको हो ।

काभ्रेको रोशी गाउँपालिका–१, काफल डाँडामा मंगलबार राति प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको थियो ।

केही समयअघि ललितपुरको नख्खुमा एक जनाको ज्यान जाने गरी विस्फोट गरेपछि प्रहरीले विप्लव समूहप्रति निगरानी बढाएको छ ।

सोही घटना अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा काठमाण्डु महानगरीय प्रहरी अपराध महाशाखाको टोली काभ्रे पुगेको थियो । प्रहरीलाई देख्नेबित्तिकै नेकपाका कार्यकर्तालाई गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीको भनाइ छ ।

तर यसबारे विप्लव समूहले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।