विप्लव नेकपाको कडा चेतावनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विप्लव नेकपाको कडा चेतावनी



महोत्तरी– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै महोत्तरी युवा संगठन नेपालका जिल्ला अध्यक्ष विकास गुप्ता र जिल्ला सदस्य सुमनलाई विना शर्त रिहाइको माग गरेको हो ।

उनीहरूलाई आपराधिक शैलीमा गिरफ्तार गरिएको जिल्ला इन्चार्ज मास र सेक्रेटरी अपिलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । अध्यक्ष विकास र सदस्य सुमनलाई प्रहरीले केही दिन अघि औरहीबाट पक्राउ गरेको थियो ।