के विप्लव समुहले बास्कोटाको घरमा प्रतिबन्धको वार्षिकी मनाएको हो ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

के विप्लव समुहले बास्कोटाको घरमा प्रतिबन्धको वार्षिकी मनाएको हो ?



काठमाडौं- बिहानैदेखि मिडिया र सामाजिक सञ्जालमा विप्लव समूहमाथि लगाइएको प्रतिबन्धको एक वर्सा काटेको चर्चा चलिरहेको थियो । एकाएक भक्तपुरमा शक्तिशाली बम विस्फोट भएको समाचार आयो ।

प्रतिबन्ध लगाएसँगै पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लव समुहलाई हरेक जसो कार्यक्रममा केहि न केहि भनिरहेकै हुन्थे ।

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहानै शक्तिशाली बम विस्फोट भयो । घटनालगत्तै प्रहरीले विप्लव समुहले विस्फोट गराएको हुनसक्ने अनुमान गरेको थियो । तर यसको पुष्टि भैसकेको भने छैन ।

भक्तपुर जिल्ला मध्यपुर थिमि लोकन्थली वडा नं १ स्थित मनहरा प्लानिङमा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान बिहान अन्दाजी समय ७ ५० बजे विष्फोट भएको हो ।

भक्तपुर प्रहरीका अनुसार विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको बा१९ च४७८१ नं को डेलिभेरी भ्यानको अगाडि को सिसा फुटेको छ ।

विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ । कपिल केसी र कुबेर घिमिरे को घरको सिसा फुटेको छ ।

विस्फोट कसले र किन गरायो भन्ने एकिन भइनसके पनि नेत्रविक्रम चन्द ‘विप्लव’समूहले बिस्फोट गराएको प्रहरीको आशंका छ ।

विप्लव समूह बिरुद्ध कटु आलोचना गर्दै आएका बाँस्कोटा मन्त्री हुदा नै विप्लव समूहको ‘टार्गेट’मा थिए ।

विप्लव समूहको ‘टार्गेट’मा रहेकै कारण उनलाई मन्त्री भएको बेला प्रहरीको थप सुरक्षा समेत दिइएको थियो ।

बुधबार सरकारले ‘विप्लव’समूहलाई प्रतिवन्ध लगाएको ठीक एक वर्ष पुगेको छ । यही दिनलाई पारेर ‘विप्लव’समूहले बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।