विप्लव नेकपाको बैठक बन्दीपुरमा सुरू: पत्रकारलाई प्रवेश निषेध - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

विप्लव नेकपाको बैठक बन्दीपुरमा सुरू: पत्रकारलाई प्रवेश निषेध



काठमाडौं- खुला राजनीतिमा आएपछि पहिलो पटक नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । शुक्रबारदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरू भएको बैठकमा पत्रकारलाई भने प्रवेश निषेध गरिएको छ।

नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो। बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार बन्दीपुर पुगेका छन्।

बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिए। बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँले मेस चलाउने उनले बताए। बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ।

बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन्। सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन्।

बैठककक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एटमले जानकारी दिए। बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समिति बैठक गर्न लागेको हो।