वार्ताका लागि विप्लवका २ सर्त - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

वार्ताका लागि विप्लवका २ सर्त



काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिबन्ध हटाउनुपर्ने र नेता-कार्यकर्तालाई निःसर्त रिहा गर्नुपर्ने सर्त अघि सारेको छ।

चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो। तर बैठकले सरकारले अघि सारेको वार्ताका पत्यार गर्न लायक नभएको निष्कर्ष निकालेको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

‘सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’ को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई झन्डाफोर गर्ने तर इमानदारीसाथ प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छाडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ,’ चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।