विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण



विशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका -१० पहलमानपुरमा रहेको कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका २७ जना विपन्न विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरीएको छ ।

एन आर एन ए स्विजरल्याण्डकि उपाध्यक्ष शुभा इल्मार लामाको सक्रियतामा स्विस नागरिक अर्न्स थेर्नी इबेर्लीको सम्झनामा उक्त विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई एक अनौपचारिक कार्यक्रमका बिच ज्याकेट , टोपी ,जुत्ता ,मोजा र मिनि ब्याल्केट वितरण गरिएको हो ।

सहयोग नेपालका अध्यक्ष तथा पत्रकार प्रकाश मिश्रको पहलमा एक कार्यक्रमका बिच उक्त विद्यालयमा २७ थान न्यानो लुगा वितरण गरिएको हो । न्यानो लुगा वितरण गर्दै संचारकर्मी मिश्रले नेपालको ललितपुर घर भइ हाल स्विजरल्याण्ड बस्दै आउनु भएको शुभा इल्मार लामाको सक्रियतामा स्विस नागरिक अर्न्स थेर्नी इबेर्लीको सम्झनामा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई दिन पाउदा खुशि लागेको बताएका छन ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खडक रावतले एन आर एन ए वुमन फोरम स्विजरल्यान्डकी उपाध्यक्ष शुभा इल्मार लामा तथा संचारकर्मी मिश्रलाई सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले आर्थिक अवस्था कमजोर रहेका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेकोमा खुशी व्यक्त गरेका छन् । न्यानो लुगा पाएसंगै आफुहरु खुशी भएको विद्यार्थीहरुले जनाएका छन् ।