कमब्याकको आशामा विपना थापा ! - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

कमब्याकको आशामा विपना थापा !



नेपाली फिल्ममा काम गरेर केही समय विदेशिएका वा हराएका अभिनेत्रीहरु फेरि फिल्ममा फर्कने आशा राख्न थालेका छन् । तर, ती अभिनेत्रीहरुको आशा उनीहरुले सोचेजस्तो पुरा हुने अवस्था भने अहिले छैन । किनकी, अहिले नेपाली फिल्मको भाषा बदलिएको छ । अभिनेत्री निरुता सिंहले नेपाली फिल्ममा आउन चाहेको बताउन थालेको धेरै भैसक्यो ।

उनले, फिल्म नाई नभन्नु ल ५ मा केमियो भूमिका गरेर त्यो आशा पुरा गरिन् । निरुताले अब चाडै पुरा फिल्मको अभिनेत्री बन्ने पनि बताउँदै आएकी छिन् । तर, निरुतालाई हेर्ने दर्शक अहिले बदलिसकेका छन् । भारतमा नै रहँदै आएकी अर्की अभिनेत्री विपना थापा पनि कमब्याकको आशामा छिन् । उनी अहिले माइती देश नेपाल आएकी छिन् । उनले, चाडै नै फिल्ममा फर्कने बताएका खबर आइरहेका छन् ।

विपना कुनै जमानामा नेपाली फिल्ममा चलेकी अभिनेत्री हुन् । विपनासँगै फिल्ममा काम गरेका राजेश हमाल, भूवन केसी अहिले पनि सक्रिय छन् । तर, विपना भने बिहे गरेर भारतमा रहँदै आएकी छिन् । निरुता जस्तै विपनाको पनि कमब्याकको आशा छ । तर, उनीहरुलाई दर्शकले पहिलेको जस्तै माया दिन्छन् या दिदैनन् भन्ने मुख्य कुरा हो ।