एकैपटक ३५ अर्ब घट्यो विनोद चौधरीको सम्पत्ति - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एकैपटक ३५ अर्ब घट्यो विनोद चौधरीको सम्पत्ति



काठमाडौं – फोब्र्सले जारी गर्ने अर्बपतीको सूचीमा रहेका नेपालका व्यवसायी विनोद चौधरीको यसपटक भने सम्पत्ति घटेको छ ।

फोब्र्सको अर्बपतिको सूचीमा प्रवेश गरेदेखिनै सबै वर्षमा सम्पत्ति बढाउन सफल चौधरीको सम्पत्ति यो वर्ष ३० करोड अमेरिकी डलर अर्थात साढे ३५ अर्ब रुपैयाँले घटेको हो ।

फोब्र्सका अनुसार हाल चौधरीसँग १ अर्ब ४० करोड अमेरिकी डलरको सम्पत्ति रहेको छ । गतवर्ष फोर्ब्सले विश्वका अर्बपतिहरुको सूचि तयार पार्दा उनको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर रहेको थियो ।

ब्लुमबर्गको बिलेनियर इन्डेक्सका अनुसार अलिबाबा ग्रुप होल्डिङकासंस्थापक ज्याक मा को सम्पत्ति ४४.५ अर्ब डलर रहेको छ । उनको यो सम्पत्ति मुकेश अम्बानीको भन्दा २.६ अर्ब डलर धेरै हो । सन् २०१८ को मध्यदेखि ज्याकमा पछि परेपनि हाल उनी पहिलो स्थानमा आएका हुन् ।

साउदी अरेबिया र रुसले बजार हिस्सा बढाउन थप तेल उत्पादन गरेपछि तेलको भाउ बिगत २९ वर्ष यताकै तल झरेको छ । एकातिर उत्पादन धेरै हुनु र कोरोना भाइरसको त्रासले बजारबाट माग पनि घट्नुले तेलको मागमा पनि दशककै सबैभन्दा कमी आएको छ ।

तेलको मूल्यमा आएको गिरावटका कारण अम्बानीको फ्ल्यागशिप कम्पनी रिलायन्स इन्डस्ट्रीजलाई नराम्ररी धक्का पुगेको छ । आगामी सन् २०२१ मा रिलायन्सले आफ्नो सबै कर्जा तिरिसक्ने घोषणा गरेका मुकेशलाई यो अवस्थाले अझै अफ्ठेरो पारेको छ ।

उनले कम्पनीको तेल र पेट्रोकेमिकल डिभिजन साउदी अरेबियन तेल कम्पनी आरामकोलाई बेच्ने योजना अनुसार प्रस्ताव समेत तयार भैसकेको छ ।

कोरोना भाइरसका कारण अलिबाबाको ब्यापारमा केही कमी आएको देखिन्छ । तर पनि उसको क्लाउड कम्प्युटिङ सर्भिस र मोबाइल एपको माग भने बढिरहेको छ ।

अहिलेकै अवस्थामा रिलायन्स इन्डस्ट्रीसँग भने अलिबाबाको जस्तो खुशी हुनका लागि महत्वपूर्ण अवसर देखिएको छैन ।