कालिका नगरपालिकामा विनोद रेग्मीले सत्तारुढ गबठन्धनलाई हराए - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

कालिका नगरपालिकामा विनोद रेग्मीले सत्तारुढ गबठन्धनलाई हराए



चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमाले उम्मेदवार विनोद रेग्मीले सत्तारुढ गबठन्धनबाट उम्मेदवार रहेका कांग्रेसका शिवराम केसीलाई १४३ मतान्तरले पराजित गरेका हुन् ।

त्यसै गरी उपमेयरमा एमाले उम्मेदवार बिमला तमाङ लामाले सत्तारुढ गठबन्धनबाट उम्मेद्वार रहेकी माओवादी केन्द्रकी सविता लामालाई ७६१ मतान्तरले पराजित गरिन् ।

कालिका नगरपालिकाका निर्वाचन अधिकृत महेशप्रसाद खत्रीका अनुसार विजयी उम्मेदवार रेग्मीले १० हजार ७१४ मत ल्याउँदा केसीले १० हजार ५७१ मत ल्याए । त्यसै गरी उपमेयरमा विजयी विमला तमाङ लामाले १० हजार ४४९ ल्याउँदा माओवादी केन्द्रकी सविता लामाको ९ हजार ६८८ मत आयो ।

कालिकामा अघिल्लो स्थानीय तहमा पनि नेकपा एमालेले नै मेयर उपमेयर जितेको थियो । ११ वटा वडा रहेको कालिकामा कांग्रेसले ५, एमालेले ४ र माओवादी केन्द्रले दुई वटा वडाहरुमा वडाध्यक्ष पद जितेको छ ।