सिन्धुलीका युवा अमेरिकामा बेपत्ता: खोजिदिन आग्रह - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

सिन्धुलीका युवा अमेरिकामा बेपत्ता: खोजिदिन आग्रह



अमेरिका- सिन्धुलीका एक युवा अमेरिकामा बेपत्ता भएका छन् ।

अमेरिकाको आई पेन्सलभेनियाको पिट्सबर्गमा बस्दै आएका सिन्धुलीका विनोद गोले हराएका हुन् ।

उनका साथी कृष्णले भुटनिज कम्युनिटी एसोसिएसन अफ पिट्सबर्गलाई गोले हराएकाले खोजीमा सहयोग गर्न आग्रह गरेका छन्।

२४ वर्षीय गोले पिट्सबर्गको ब्रुकलाइनमा बस्दै आएका थिए।

स्थानीय कम्युनिटी कलेजमा अध्ययनरत उनी गत मंगलबारदेखि हराइरहेका छन्।

५ फिट ६ इन्च अग्ला गोले पछिल्लोपटक खैरो हुडी लगाएका देखिएका थिए।

फेला पार्नेले वीर क्षेत्रीलाई ४१२.७४४.६२४४ मा फोन गरिदिन आग्रह गरिएको छ।