बिनोद ढकाल र श्रीदेवी देवकोटाको स्वरमा “ जवानीको जोश” सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

बिनोद ढकाल र श्रीदेवी देवकोटाको स्वरमा “ जवानीको जोश” सार्वजनिक (भिडियो सहित)



समिर प्रकास पाण्डे

नेपाली लोक दोहोरीको बजारमा गीतकार को रुपमा छुट्टै पहिचान खडा गरेर दर्शक श्रोताको मन मुटुमा बस्न सफल भैसकेका गायक तथा संकलक बिनोद ढकालको अर्को जवानिको जोश नामक गीत बजारमा आएको छ ।

म्युजिक ल्याब प्रा. लि. को प्रस्तुती रहेको यस गित जवानिको जोशमा बिनोद ढकालको लय / शब्द तथा बिनोद ढकाल र श्रीदेवी देवकोटाको स्वरमा सजियको छ भने भिडियोलाई शिव बि.कले निर्देशन गरेका छन, शम्भु चालिसेको छायांकन रविन बि.कको सम्पादन रहेको भिडियोमा नारायण ढकाल र सरिता घलेको अभिनय देख्न सकिन्छ ।

पहिले गीतकारका रुपमा मात्र सिमित रहेका ढकाल पछिल्लो समय गायनमा पनि सकृय भयका छन । उनले आवाज दिएका कौडा गीत आँखा गाजले र रोइला गीत लीला माथि तमाशा दर्शक श्रोताले अत्याधिक मनपराइ दियपछी गायनमा उनि हौसियका हुन । प्रकाश कटुवाल, बिनोद ढकाल र श्रीदेवी देवकोटाको टिमले लोक दोहोरिमा ठट्यौलो धारको गीत मार्फत छुट्टै पहिचान बनाइरहेको अवस्थामा बिनोद ढकाल र श्रीदेवी देवकोटा मात्र सह्कार्यमा उहि धारको नयाँ गीत बजारमा आउदा कतै यो टिममानै मन मुटाबको अवस्था सिर्जना भयको हो कि भन्ने अनुमान सांगीतिक बजारमा उठेको छ । चाहे जेहोस पहिलेका गीत जस्तै ढाडे बिरालो टिमको यस गीतले पनि दर्शक श्रोताको मन जितोस शुभकामना ।